आईपीएल अनिश्चितकालका लागि स्थगित, विदेशी खेलाडीलाई घर पठाइँदै

२०८२ वैशाख २६ गते

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को हालको सिजन बिचमै स्थगित गरिएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)को बैठकले आइपिएलको हालको सिजन बिचमै स्थगित गर्ने निर्णय गरेको हो ।
बीसीसीआईका अनुसार आजदेखि कुनै पनि खेल हुनेछैन । बीसीसीआईले चाँडै नयाँ मिति घोषणा गर्ने पनि जनाएको छ ।
अब पहिलो प्राथमिकता विदेशी खेलाडीहरूलाई घर पठाउनु रहेको बीसीसीआईले जनाएको छ ।

२०८२ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित