बालुवाटारमा ओली–देउवासहित कांग्रेस–एमाले नेताहरूको भेटवार्ता
२०८२ वैशाख २५ गते

काठमाडौं । सरकार ढल्ने चर्चाका बिच कांग्रेस– एमालेका नेताहरूको भेटघाट भएको छ ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष दुई दलका नेताहरूले भेटवार्ता गरेका हुन् ।
मन्त्रीपरिषद् बैठक बस्नुअघि कांग्रेस–एमालेका नेताहरूले महत्वपूर्ण भेटवार्ता गरेका हुन् ।
भेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा र प्रधानमन्त्रीका सल्लाहकारको सहभागिता थियो ।
२०८२ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित








