लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता डंगोलको भुमिका अविस्मरणीय : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं काँग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजि श्रदाञ्जली सभामा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले काँग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा स्वर्गी डंगोलले निर्वाह गरेको नेतृत्वदायी भुमिका अविस्मरणीय रहेको बताए ।

सभापति देउवाले स्वर्गी नेता डंगोलको बारेमा पुस्तक प्रकाशन गरेर आउँदो पुस्तालाई समेत उनको योगदानबारे जानकारी दिनुपर्ने बताए ।

पार्टीको काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको श्रदाञ्जली सभामा सभापति देउवासँगै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेता कृष्ण प्रसाद सिटौला लगायत उपस्थित थिए । नेता डंगोलको ७७ वर्षको उमेरमा गत वैशाख १३ गते निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =