स्वामी कैलाशानंद महाराजद्वारा भालेश्वर महादेवको दर्शन 

काठमाडौँ । भारतको प्रसिद्ध निरञ्जन अखाडाका परमपूज्य स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका छन् ।

नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने क्रममा स्वामी  कैलाशानंद महाराजले चन्द्रागिरि स्थित  भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका हुन् ।

दर्शन लगत्तै कैलाशानंद महाराजले भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गर्न पुगेको पनि उल्लेख गरे ।

काठमाण्डौंमा रहँदा चन्द्रागिरि रिसोर्टमा बसेका स्वामी कैलाशानंदले पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स  उत्कृष्ट  गन्तव्य  बन्न पुगेको भनी  प्रशंसा समेत गरेका थिए ।

स्वामी कैलाशानंद सहितको भ्रमण टोलीले  हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न पाउनु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।

भ्रमणका क्रममा स्वामी कैलाशानंदले मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेकाले यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सबैलाई लोभ्याउने पनि उल्लेख गरे ।

नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानन्दले  लुम्बिनी केबलकारमा यात्रा गरी वसन्तपुर पुगेर कामाख्या देवीको मन्दिर दर्शन  तथा रसुवाको गोसाईंकुण्ड र काठमाडौँमा दक्षिणकाली मन्दिरमा समेत पूजा आराधना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =