पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
२०८२ वैशाख २५ गते

मुस्ताङ । थासाङ गाउँपालिका–२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार भएको छ ।
पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले २२ लाख ५० हजार खर्चेर गुम्बा जीर्णोद्धार गराएका हुन् ।
गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मत सम्भार गरिएको छ ।
गुम्बा परिसरमा ढलान गरिनाका साथै बिजुलीको व्यवस्था भएको छ । गुम्बा जीर्णोद्धारसँगै शौचालयलगायत अत्यावश्यक संरचना पनि निर्माण भएका छन् ।
२०८२ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित








