नेपाल धितोपत्र बोर्डमा अख्तियारको छापा, आइपिओ फाइलहरू नियन्त्रणमा
२०८२ वैशाख २४ गते

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
अख्तियारले छापा मारेर आइपिओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ । आइपिओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा मारेको हो ।
अख्तियार स्रोतका अनुसार बुधवार छापा मारेर आइपिओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिइएको छ ।
आइपिओ स्वीकृतिका लागि कमिसन मागिएको विषय मिडिया मार्फत सार्वजनिक भएपछि त्यसबारे संसद्मा पनि कुरा उठेको छ ।
२०८२ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








