आर्यघाटतर्फ लगियो पूर्वमन्त्री नेपालको पार्थिव शरीर (तस्बिरहरू)

काठमाडौं । मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उनको अन्त्यष्टि गरिनेछ ।

यसअघि उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेपालको आजै सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

विसं २०५० को दशमा नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त र वरिष्ठ नेता नेपाल नेकपा (एमाले)भित्र निर्णायक र प्रभावशाली थिए ।

राजनीतिक परिवर्तनका सिलसिलामा भूमिगत राजनीति गरेका उनि नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा सञ्जय थापाको नामले परिचित थिए । उनि आख्यानकार, कवि र उपन्यासकार थिए ।

उनले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोलगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

एमालेको सचिवालयसदस्य, स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख भई काम गरेका नेता नेपालले पार्टी सुदृढीकरण र सङ्गठन विस्तारमा अतुलनीय योगदान पु¥याएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =