रहेनन् वामपन्थी नेता प्रदीप नेपाल

काठमाडौं । पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।

लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित नेता नेपालको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलवार दिउँसो निधन भएको हो ।

उनि एमालेको तर्फबाट सूचना तथा सञ्चारमन्त्री समेत बनेका थिए । स्वास्थ्य समस्याका कारण पछिल्लो समय राजनीतिमा निष्क्रिय नेता नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो ।

अहिले नेता नेपाललाई अन्तिम श्रदाञ्जली दिन उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत केही नेताहरु नर्भिक अस्पताल पुगेका छन् ।

नेपाललाई श्रदाञ्जली दिन नर्भिक अस्पताल पुगेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बहुआयामिक वामपन्थी नेता गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे ।

राजनीतिक पार्टीमा नेता नेपालले गरेको योगदान र भूमिका अतुलनीय र अविस्मरणीय रहेको गौतमको भनाइ छ ।

दिवंगत नेता नेपालले मुलुकको शासकीय सुधारमा महत्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै गौतमले पार्टीको तर्फबाट श्रदाञ्जली व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =