बागमती प्रदेशमा बुधवार सार्वजनिक विदा
२०८२ वैशाख २३ गते

बागमती । बागमती प्रदेश सरकारले वैशाख २४ गते बुधवार सार्वजनिक विदा गरेको छ ।
प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेशद्वारा यही वैशाख २२ गते जारी सूचनाअनुसार वैशाख २४ गते बुधवार सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा रहेको छ ।

२०८२ वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित








