जनकपुरमा सीता जन्म जयन्तीको उत्सव

काठमाडौं । आज वैशाख शुक्ल नवमी । अर्थात सीता जयन्ती ।

देवी सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । रामनवमीको एक महिनामा सीता जयन्ती आउने गर्दछ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा विभिन्न पुराण तथा रामायणमा उल्लेख छ ।

भगवान विष्णुको सातौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको बताइन्छ ।

भगवान रामसँग सीताको विवाह भएको थियो । पौराणिक ग्रन्थमा सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा उल्लेख गरिन्छ ।

सीतालाई नेपाली राष्ट्रिय विभूतिका रूपमा समेत सम्मान गरिन्छ । आज सीता जन्मस्थल जनकपुर धाममा विशेष मेला लाग्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =