अपराजित रहँदै आर्मी महिला हक्कीमा च्याम्पियन

काठमाडौं । अपराजित रहँदै विभागीय टोली त्रिभूवन आर्मी क्लव सोमवार राष्ट्रिय महिला हक्की प्रतियोगितामा च्याम्पियन भएको छ ।

सिंगल राउण्ड रोबिन लिगको आधारमा सम्पन्न प्रतियोगितामा आर्मी शिर्ष स्थानमा रहँदै च्याम्पियन भएको हो । ललितपुरस्थित च्यासल फुटबल मैदानमा भएको महिलातर्पm चार टोलीले प्रतिष्पर्धा गरेका थिए ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा अपराजित आर्मीले सर्वाधिक ९ अंक जोड्यो । लिगको निर्णायक खेलमा आर्मीले गण्डकीलाई हराएको थियो । आर्मीले फाइनल सरहको लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्‍यो । आर्मीका दमरा भट्टले दुई तथा सीतामाया बलले एक गोल गरे । दमरा फाइनलको प्लेयर अफ द म्याच बनिन् । यससँगै गण्डकी ६ अंकसहित लिगको दोस्रो स्थानमा रह्यो ।

गण्डकीले दुई जित र एक हार व्यहोर्‍यो । मधेस प्रदेश ३ अंकसाथ तेस्रो भयो । मधेसले बागमती प्रदेशलाई १–० गोलले हरायो ।

भावाना राईले निर्णायक गोल गरिन् । शिर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार हात पारे । आर्मीकी निलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी भइन् ।

मधेसकी खुश्बुकुमारी उदीयमान खेलाडी बनिन् । गोलकिपरमा अनिशा थापामगर तथा डिफेन्समा सोनु बराल डिफेन्समा उत्कृष्ट ठहरिए । दुवै गण्डकीका खेलाडी हुन् । आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बनिन् । उनले ५ गोल गरिन् । उत्कृष्ट पाँचैले जनही पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, सचिव असिम शर्मालगायतले कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =