सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा छलफल सुरु
२०८२ वैशाख २२ गते

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा छलफल सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
छलफलका लागि १४ जना सांसदहरूले संशोधनको प्रस्ताव पेस गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए । राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।
२०८२ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित








