आमाबुबाको अत्तोपत्तो छैन, २८ वर्ष हुँदा पनि अर्जुनले पाएनन् नागरिकता

इनरुवा । नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेको छैनन् ।

उनिसंग न कुनै कागजात छ न त कोही सहारा नै छन् । आमाबुबाको अत्तोपत्तो नभएपछि भुजेल नागरिकताबाट वञ्चित भएका हुन् ।

“मलाई मेरो जन्मेको ठाउँ समेत जानकारी छैन”, भुजेलले भने । विराटनगरस्थित एक बाल आश्रममा नौ वर्ष बिताएका भुजेलले कुन आश्रममा बिताएको विषयमा समेत जानकारी नभएको बताए । उनि नौ वर्षको भएपछि त्यहाँबाट भागेर विराटनगर होटलमा काम गर्न थालेका हुन् ।

विराटनगरबाट काम सिकेपछि भुजेल अहिले इनरुवामा न्यु विशाल सेकुवा कर्नरमा काम गर्दैआएका छन् । उनलाई न आमाबुबा न घरको बारेमा जानकारी छ । यहाँ काम गर्नुअघि उनको नाम चङ्खे थियो । अहिले उहाँ अर्जुन भुजेलको नामबाट चिनिन थालेका छन् । भुजेल एक वर्षदेखि यहाँ काम गर्दै आएका छन् ।

“आमाबुबा र जन्मस्थानका विषयमा थाहा नहुँदा नागरिकता बनाउन समस्या भएको छ”, उनले भने । उनले नागरिकता बनाउन पहल गरिदिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =