नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेन : अग्नि सापकोटा

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले जनताको आशा जगाउने काम नगरेको बताएका छन् ।

नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रम परम्परागत भएको र कुनैपनि नयाँ कुरा नभएको टिप्पणी गरे ।

नीति तथा कार्यक्रममा वर्तमान र भविष्यको कुनै प्रष्ट मार्ग चित्र नभएको सापकोटाको दाबी थियो । नीति तथा कार्यक्रम सार संग्रहजस्तै भएकोले जनतामा कुनै उत्साह जगाउन नसक्ने स्पष्ट पारे ।

उनले भने ‘अनुगमनको पनि अनुगमनजस्ता कुराहरू । हुन त यो स्वाभाविक बन्ला । सुशासन आयोग प्रधानमन्त्रीकै अध्यक्षतामा बनाइरहेको छ । नीति तथा कार्यक्रम परम्परागत त अतितमुखी छ अहिले र भविष्यको प्रष्ट मार्गचित्र छैन । यो अलिकति सार सङ्ग्रहवादी छ । यसले जनतामा आशा जगाउँदैन ।’

उनले नीति तथा कार्यक्रम निरन्तरताको क्रमभंगतामात्र भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =