नीति तथा कार्यक्रम : विद्यालय शिक्षामा सुधार, विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाइने

काठमाडौँ । सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानुनी व्यवस्था गर्ने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा प्रणालीमा आमूल सुधार गरिने बताएका हुन् ।

राष्ट्रपति पौडेलले विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान र विकासतर्फ केन्द्रित गरिने तथा उद्यमशीलतामैत्री शिक्षा नीति अवलम्बन गरी श्रम बजारमा सीपयुक्त जनशक्तिको अभाव अन्त्य गरिने बताए ।

उनले राष्ट्रपतिले पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गरिने र आन्तरिक रोजगारी सिर्जना गरिने नीति अघि सारिएको जानकारी गराए ।

अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउँदै राष्ट्रपति पौडेलले भने ‘विद्यालय शिक्षामा देखिएका चुनौतीहरूको समाधान गर्न नीतिगत तथा कानुनी प्रबन्ध गर्ने । विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान तथा विकासतर्फ केन्द्रित गर्ने, उद्यमशीलतामैत्री शिक्षाको नीति अपनाई श्रमक्षेत्रमा रहेको सिपयुक्त जनशक्तिको अभावको अन्त्य गर्ने । यसको लागि हालको पाठ्यक्रम सिकाई र अध्यापन विधिमा व्यापक सुधार गर्ने । आन्तरिक रोजगारी सिर्जना गर्ने ।’

सरकारले आन्तरिक रोजगारीमा वृद्धि गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =