प्रिसा शाहको मृत्युप्रति दुःखी छौं, घटनाको अनुसन्धान हुँदैछ : भारतीय विदेश मन्त्रालय

काठमाडौं । भारतीय विदेश मन्त्रालयले भारतको उडिसा राज्यस्थित क्यालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युप्रति दुःख व्यक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै प्रिसाको मृत्युमा गहिरो दुःखी भएको बताउँदै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

मन्त्रालयले घटनाको बारेमा जानकारी भएदेखि ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ । ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग गरेको र हाल ओडिशा पुलिसद्वारा विस्तृत अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, सुरक्षा र कल्याणलाई धेरै गम्भीरताका साथ लिएको मन्त्रालयले जनाएको छ ।

केआईआईटीमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत १८ वर्षीया नेपाली छात्रा प्रिसा शाहको हिजो राती मृत्यु भएको थियो ।

उक्त विश्वविद्यालयमै यसअघि पनि यस्तै दुःखद घटना घटिसकेको छ । गत ४ फागुनमा नेपाली विद्यार्थी प्रकृति लम्साल पनि सोही होस्टेलमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =