ट्रम्पको शुल्कले अमेरिकी सेवा अधिशेषलाई बेवास्ता गर्छ : जर्मन अर्थशास्त्री
२०८२ वैशाख १९ गते

एजेन्सी । व्यापार घाटा घटाउन व्यापक शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास गलत दिशामा निर्देशित रहेको जर्मन अर्थशास्त्रीले बताएका छन् ।
सेवाहरूमा अमेरिकाको पर्याप्त अधिशेषलाई बेवास्ता गर्ने किसिमको रहेको उनको भनाइ छ ।
सिद्धान्तका पिता भनेर चिनिने एक प्रमुख जर्मन अर्थशास्त्री हर्मन सिमोनले अमेरिकी संरक्षणवादी उपायहरू राजनीतिक रूपमा प्रेरित रहेको बताए ।
विश्वव्यापी आपूर्ति श्रृङ्खलाहरूमा दीर्घकालीन संरचनात्मक क्षति पु¥याउने जोखिम रहेको साइमनले हालैको एक अन्तर्वार्तामा बताए ।
निरन्तर वृद्धिले विश्वव्यापी व्यापार प्रणालीलाई गम्भीर रूपमा बाधा पु¥याउन सक्ने चेतावनी दिए ।
उच्च शुल्कले अन्ततः अनपेक्षित परिणामहरू निम्त्याउने उनको भनाइ छ ।
२०८२ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








