रातो मत्स्येन्द्रनाथको रथयात्रा आजदेखि सुरु (फोटोकथा)

२०८२ वैशाख १८ गते

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ ।
आज बिहीबार ९वैशाख १८ गते० देखि रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको हो ।
रातो मत्स्येन्द्रनाथको रथ यात्रा उपत्यकाको सबैभन्दा लामो रथ यात्रा हो । यो करिब १६०० वर्षभन्दा पुरानो रथयात्रा हो ।
वैशाख शुक्ल प्रतिपदामा रथारोहण गराइ अक्षय तृतीयाका दिन गौदानसहितको शान्ति स्वस्ति गरेपश्चात् सोही पक्षको चतुर्थी तिथिमा रातो मत्स्येन्द्रनाथको रथ यात्रा सुरु गरिन्छ ।
रथयात्रा आरम्भ भएपछि ललितपुर नगरको विभिन्न स्थानमा भ्रमण गराउँदै जावलाखेलमा लगेर भोटो देखाइसकेपछि मत्स्येन्द्रनाथको रथ यात्रा सम्पन्न हुन्छ ।
हेर्नुहोस् तस्बिरहरू :

२०८२ वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित