सरकारबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको तयारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ ।

पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि नाउपाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले सरकारबाट बाहिरिने तयारी गरेको बताइन् । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा दिने बताइन् ।

वर्तमान ओली सरकारमा नाउपाका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 15 =