बेलायती किशोरद्वारा आफ्नै सहपाठीको हत्या गरेको स्वीकारोक्ति


एजेन्सी । बेलायतको एक विद्यालयमा छुरा प्रहार गरी एक किशोरको हत्या गरेको अभियोगमा १५ वर्षीय एक किशोरले सोमबार अपराध स्वीकार गरेका छन् ।
बेलायतमा चक्कु प्रहारबाट भएको पछिल्लो घटनामा १५ बर्षीय किशोरको संलग्नता पुष्टि भएको हो ।
उमेरका कारण नाम उल्लेख गर्न नसकिएका ती किशोरले १५ वर्षीय हार्वे विलगोजको हत्या स्वीकार गरे पनि उत्तरी शहर शेफिल्डमा रहेको अदालतमा भएको सुनुवाइमा उनले हत्या अस्वीकार गरेका छन् ।
गत फेब्रुअरी ३ मा शहरको अल सेन्ट क्याथोलिक हाइस्कूलको प्राङ्गणमा छुरा प्रहारबाट विल्गोजको मृत्यु भएको थियो ।
एक न्यायाधीशले उक्त किशोरलाई जुन ३० मा मुद्दामाथि उनको उपस्थितिमा सुनुवाई नहुँदासम्म हिरासतमा राख्न आदेश दिएका छन् ।
यो आक्रमण युवाको संलग्नतामा घातक छुरा प्रहारको शृङ्खलामध्ये एक हो ।
प्रधानमन्त्री केइर स्टार्मरले चक्कु अपराधलाई ‘राष्ट्रिय सङ्कट’ भन्नुभएको छ ।
“हाम्रो सुन्दर छोरा हार्वे गुजको निधनले हामी अत्यन्त मर्माहत भएका छौँ,” छोराको मृत्युपछि विद्यालयको भ्रमणपछि परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बेलायत सरकारले चक्कु अपराध कम गर्ने उद्देश्यले विभिन्न पहलको घोषणा गरेको छ ।
आठ इन्च (२० सेन्टिमिटर) भन्दा बढी को ब्लेड भएको ‘जोम्बी’ शैलीका हतियारहरू राख्न गत सेप्टेम्बरदेखि प्रतिबन्ध लागू भएको थियो ।
करिब १४ देखि २४ इन्चको लामो सिधा ब्लेड र तीखो चुच्चोसहितको हतियार ( निन्जा तरवारलाई लक्षित गरी ) अर्को प्रतिबन्ध अगस्ट १ देखि लागू हुनेछ ।
सरकारले जोखिमजन्य अपराध सामग्री (चक्कु) को उत्पादन गर्ने फर्महरूमाथि कडा प्रतिबन्धहरू ल्याउने बताएको छ ।
गृह मन्त्रालयले भनेको छ कि यदि फर्महरूले प्रहरी चेतावनीको ४८ घण्टाभित्र त्यस्ता सामग्रीहरू हटाउन असफल भएमा ६० हजार पाउन्ड ( ८० हजार अमेरिकी डलर) सम्म जरिवानाको सामना गर्नुपर्नेछ ।
सन् २०११ देखि इङ्ल्यान्ड र वेल्समा चक्कुको अपराध निरन्तर बढिरहेको सरकारी तथ्याङ्कले देखाएको छ ।
सन् २०२४ को मार्चसम्ममा इङ्ल्यान्ड र वेल्समा चक्कु वा धारिलो हतियार प्रयोग गरी २६२ जनाको हत्या भएको बेन किन्सेला ट्रस्टले जनाएको छ ।
हत्या गरिएकामध्ये ५७ जना २५ वर्षभन्दा कम उमेरका किशोरकिशोरी थिए ।
