रातो मत्स्येन्द्रनाथको रथारोहण (तस्बिरहरू)

काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मत्स्येन्द्रनाथको रथारोहण भएको छ ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार आज रथारोहण गरिएको हो ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मत्स्येन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रहिआएको छ ।

तस्बिरहरू: 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *