नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक समितिमा

काठमाडौं । प्रतिनिधिसभाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।

सभाको आजको बैठकबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजकुमार चौरसियाले राखेका सो विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।

सरकारले कानुन व्यवसायीलाई कानुनी शिक्षाको प्रबन्धन गर्ने र सोको आवश्यक पाठ्यक्रम, पाठ्यसामग्री, अनुसन्धान र प्रशिक्षणको व्यवस्था गर्न तथा कानुन व्यवसायीको पेशागत आचारणलाई नियमन गर्न सरकारले उक्त विधेयक ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =