आजको समस्या राजनीतिक समस्या होइन : उपाध्यक्ष भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा. वेदुराम भुसालले आजको समस्या राजनीतिक समस्या नभएको बताएका छन् ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आजको मुख्य समस्या मुलुकमा जुन उचाइको राजनीतिक परिवर्तन भयो सोहीअनुसारको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण हुन नसक्नु रहेको बताए ।

उनले आर्थिक, सामाजिक लगायतका क्षेत्रमा परिवर्तनकारी कार्यहरू हुन नसक्नु नै प्रमुख समस्या रहेको जिकिर गरे । उनले जनताले अपेक्षा गरेको सुशासन कायम हुन नसक्नु, भ्रष्टाचार नियन्त्रण हुन नसक्नु र रोजगारी सिर्जना हुन नसक्दा आम नागरिक निराश बनेको बताए ।

आम नागरिकले उठाएका माग र चाहाना नै सुशासन भएको उनले बताए । भुसालले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, विकास र रोजगारीलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘आजको समस्या राजनीतिक समस्या होइन । हाम्रो समाजको आजको समस्या भनेको मुलुकमा जुन उँचाइको राजनीतिक परिवर्तन भयो, त्यो अनुरूपको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्न सकिएन । आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा त्यस खालका परिवर्तनकारी कार्यहरू हुन सकेनन् । जनताले अपेक्षा गरेको सुशासन कायम हुन सकेन । भ्रष्टाचार नियन्त्रण हुन सकेन । रोजगारी सिर्जना गर्न सकिएन । आज जनताले उठाएका माग त यिनै हुन् नि । आज जनताले चाहना गरेको कुरा यो हो । यो चाहिँ गर्न सकिएन । आजको समस्या भनेको सुशासन कसरी कायम गर्ने, भ्रष्टाचार कसरी नियन्त्रण गर्ने, मुलुकको विकासको लागि अभियानहरू कसरी सुरु गर्ने र रोजगारी कसरी सिर्जना गर्ने । यो दिशामा अगाडी बढ्ने सन्दर्भमा यो अधिवेशनमा हामीले केही काम गर्नसकौँ । यो अपेक्षा म राख्छु ।’

उनले आम नागरिकका अपेक्षा पूरा गर्ने गरी सरकारले नीति, कानुनहरू ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =