कञ्चनपुरको बेदकोटका वडाध्यक्ष विष्टको निधन

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका-९ का वडाध्यक्ष जनकसिंह विष्टको रहस्यमय निधन भएको छ । बुधबार दिउँसो बेदकोट ताल नजिकको जंगलमा बेहोस अवस्थामा भेटिएका उनलाई उपचारका लागि महाकाली अस्पताल लगिएको थियो । तर, अस्पतालमा उपचारकै क्रममा साँझ उनको मृत्यु भएको हो ।

वडाध्यक्ष विष्टको निधन रहस्यमय देखिएकाले घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा विष्टले विषादी सेवन गरेको आशंका गरिएको छ र घटनास्थल नजिकै त्यससम्बन्धी वस्तुहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

निधन हुनु एक दिनअघि मात्रै विष्टले सामाजिक सञ्जाल फेसबुकमा ‘हाँसोभित्रको पीडा’ शीर्षकमा भावुक स्टाटस लेखेका थिए, जसले उनको मानसिक अवस्थाबारे गहिरो प्रश्न उठाएको छ ।

बुधबार बिहान वडामा सामाजिक सुरक्षा भत्ता वितरण गरेका विष्ट त्यसपछि कामका लागि मोटरसाइकलमा निस्किएका थिए । उनले वडासदस्य पार्वती विष्टलाई कार्यसञ्चालनको जिम्मा दिएका थिए ।

नेपाली सेनाबाट सेवा निवृत्त जनकसिंह विष्टले सन् २०७४ मा वडासदस्य र २०७९ मा वडाध्यक्षको रूपमा चुनाव जितेका थिए । उनको निधनले स्थानीय तहका जनप्रतिनिधि र समुदायमा शोक छाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =