मकालुखबर विशेष: आज दिनभरका १९ समाचार


१. वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने
वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने भएको छ ।
आईतवार भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने र सांगीतिक साँझ भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुने जानकारी दिइएको छ । कार्यक्रममा १ हजार २ सय सम्मको उपस्थिति रहने आयोजकको भनाइ छ । सहभागिताको लागि प्रतिव्यक्ति एक हजार, १ हजार ५ सय र २ हजार ५ सय सम्मको प्रवेश टिकट रहने आयोजकको भनाइ छ । कार्यक्रम स्थलमा विभिन्न उत्पादनहरु एवं विभिन्न परिकारका खानाका स्टलहरुसमेत रहने बताइएको छ । पत्रकार सम्मेलनका क्रममा बौल्दै गायक तथा संगीतकार दीप श्रेष्ठले संगीतमा आधुनिकरण बढिरहेको र ट्रयाकमा गाउने कुरा गायकहरुका लागि राम्रो नभएको बताउनु भयो ।
उहाँले समसामयिक गीतहरु लोप हुन थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
२. राप्रपा अध्यक्ष लिङदेनसहितका नेता सिंहदरबारबाट पक्राउ
सिंहदरबारमा सांकेतिक प्रदर्शन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरु पक्राउ परेका छन् ।
आईतवार सिंहदरबारमा सांकेतिक प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अध्यक्ष लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही रहेका छन् । प्रदर्शन स्थलमा जानुअघि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । संसदीय दलको कार्यालयमा जाँदा अस्वभाविक प्रहरी परिचालन गरिएको राप्रपाको आरोप छ ।
३. माईतीघरमा शिक्षकहरुको आन्दोलन जारी
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् ।
करिव १५ दिनदेखि शिक्षकहरु काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन् । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निस्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने जानकारी दिनुभयो । राज्यले आफूहरुका माग छिटो सम्बोधन गर्नेमा आशावादी रहेको उहाँको भनाइ छ । शिक्षकहरुले शनिवारसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आन्दोलन गर्दै आएकोमा आईतवारबाट भने बिहान ९ देखि १२ बजेसम्मलाई समय परिवर्तन गरेका छन् ।
४. माईतीघरमा राप्रपाको प्रदर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
आईतवार मध्यान्स राप्रपाका नेता÷कार्यकर्ताहरुले माईतीघरमा भेला भएर व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले गत वर्षको चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा, हाम्रो दशे, प्राण भन्दा प्यारो छ, लगायत सरकारबिरोधी नाराहरु लगाएका छन् । पार्टीका नेताहरुलाई रिहाइ नगरेको भन्दै राप्रपाले आज निषेधित क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेबमोजिम माईतीघर क्षेत्रबाट निषेधित क्षेत्रमा प्रवेश गरी आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।
५. इसान एशियन पब्जी च्याम्पियनसिप वैशाखको तेस्रो साता
इस्पोर्ट्स संघ नेपाल (इसान) को आयोजनामा इसान एशियन पब्जी च्याम्पियनसिप आगामी वैशाखको तेस्रो सातामा हुने भएको छ ।
कुल १३ राष्ट्रको टोलीले प्रतिष्पर्धा गर्ने इसान एसियन पब्जी च्याम्पियनसिपमा आगामी वैशाख २६ देखि २८ गतेसम्म हुन लागेको हो । आईतवार पत्रकार सम्मेलनमार्फत इस्पोर्ट्स संघ नेपालका अध्यक्ष अञ्जन धमलाले संघको वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता हुन लागेको बताए । उक्त प्रतियोगितामा नेपालका तीन टोली डिआरएस, होरा इस्पोट्र्स र नेपेक्स इस्पोटर््सले खेल्ने भएको छ । मलेसिया, इण्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बाङ्लादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलंका र माल्दिभ्सका टोलीले भर्चुअलको माध्यमबाट प्रतिष्पर्धा गर्ने भएका छन् । बिग ब्राकेट्स इस्पोटर््सले च्याम्पियनसिपमा टेक्निकल व्यवस्थापन गर्ने इसानले जनाएको छ ।
आयोजकले यस प्रतियोगिता आयोजना गर्न ३२ लाख रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ । प्रतियोगिताका शिर्ष ६ टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । संघका अध्यक्ष धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले ई स्पोट्र्सको पब्जी मोबाइल खेललाई समावेश गरेर एसियाली स्तरको प्रतियोगिता आयोजना गर्न लागेको बताए । अध्यक्ष धमलाले भर्चुअल एरिनामा एशियाका उत्कृष्ट गेमरलाई एकतावद्ध गर्न प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
६. आतंकवादको सामना गर्न जोर्डनलाई इजिप्टको समर्थन
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले शनिवार जोर्डनको सुरक्षा र स्थिरतालाई कमजोर पार्न खोज्ने सबै प्रकारका आतंकवाद र अतिवादी समूहहरूको सामना गर्न इजिप्टको पूर्ण ऐक्यवद्धता र अटल समर्थन रहेको बताउनुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अल–सिसीले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग फोन वार्ता गर्नुभयो । जसको क्रममा इजिप्टका राष्ट्रपतिले सुरक्षित र स्थिर जीवनको लागि जनताको आकांक्षा पूरा गर्न संयुक्त सहयोगको महत्मा जोड दिनुभयो । राजा अब्दुल्लाह द्वितीयले इजिप्टको समर्थनको लागि प्रशंसा व्यक्त गर्नुभयो । दुई देशहरू बीचको ऐतिहासिक र भ्रातृ सम्बन्धलाई जोड दिनुभयो । दुवैले गाजा र वेस्ट बैंकमा भएका विकासक्रमहरू लगायत अन्य कुराहरूमा पनि छलफल गर्नुभयो ।
७. गाजामा इजरायली आक्रमणबाट ४१ प्यालेस्टिनीको मृत्यु
गाजाका नागरिक रक्षा अधिकारीहरूकाअनुसार गाजापट्टीमा जारी इजरायली आक्रमणमा शनिवार ४१ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । इजरायली आक्रमणहरूले एन्क्लेभको दक्षिणी, उत्तरी र मध्य भागहरूमा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने आवासीय घरहरू र पालहरूलाई लक्षित गरेको छ । यसैबीच, गाजाका स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरे कि विगत ४८ घण्टामा अस्पतालहरूले ९२ शव र २१९ घाइते व्यक्तिहरू भेटिएका छन् । अधिकारीहरूकाअनुसार मार्च १८ मा इजरायलले आफ्नो सैन्य कारबाही पुनः शुरु गरेदेखि मारिएका प्यालेस्टिनीहरूको संख्या १ हजार ७८३ पुगेको छ । जसले अक्टोबर २०२३ मा द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ५१ हजार १५७ पुगेको छ ।
८. दिल्लीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
भारतको राष्ट्रिय राजधानी क्षेत्र दिल्लीमा शनिवार एक बहुतले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । उत्तरपूर्वी दिल्ली जिल्लाको मुस्तफावाद क्षेत्रमा शनिवार बिहान भवन भत्किँदा ११ जनाले ज्यान गुमाएका हुन् । भवन भित्र त्यस समयमा सुतिरहेका २२ जना मानिस फसेको बताएका छन् । दिल्ली महानगरपालिकाका अधिकारीहरूले स्थानीय मिडियालाई भवन लगभग २० वर्ष पुरानो भएको बताएका छन् ।
९.पुटिनद्वारा युक्रेन द्वन्द्वमा इस्टर युद्धविरामको घोषणा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जारी युक्रेन द्वन्द्वको लागि इस्टर युद्धविरामको घोषणा गर्नुभएको छ । शनिवार जारी युक्रेन द्वन्द्वको लागि इस्टर युद्धविरामको घोषणा गर्नुभएको हो । पुटिनको उक्त घोषणालाई विभिन्न देशहरुले स्वागत पनि गरेका छन् ।
१०. मार्चमा अष्ट्रेलियाको बेरोजगारी ४.१ प्रतिशतले बढ्यो
आधिकारिक तथ्याङ्कअनुसार मार्चमा अष्ट्रेलियाको बेरोजगारी दर केही बढेको छ । अष्ट्रेलियाली तथ्याङ्क ब्यूरोले मार्चमा आधिकारिक बेरोजगारी दर ४.१ प्रतिशत रहेको बताएको छ । जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो । रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने प्रवृत्तिको हिसावले दर लगातार पाँच महिनासम्म ४.० प्रतिशतमा रहेको जनाएको छ । रोजगारी पाएका अष्ट्रेलियालीहरूको संख्या विगत १२ महिनामा ३ लाख ८ हजार व्यक्ति वा २.२ प्रतिशतले बढेको छ । जुन महामारी अघिको २० वर्षको औसत २.० प्रतिशत भन्दा अलि बढी हो । फेब्रुअरी र मार्चको बीचमा रोजगारी पाएका अष्ट्रेलियालीहरूको संख्या ३२ हजार २ सयले बढेको बताएको छ । जुन सोही अवधिमा बेरोजगारहरूको संख्या ३ हजारले बढेकोले थोरै अफसेट गरिएको छ ।कोषाध्यक्ष जिम चाल्मर्सले आफू तथ्याङ्कबाट खुशी भएको बताउनु भयो । एबीएसका श्रम तथ्याङ्क प्रमुख शन क्रिकले मार्चमा रोजगारी–जनसंख्या अनुपात ६४.१ प्रतिशतमा रह्यो ।
११. यमनका हुथी विद्रोहीहरूद्वारा अमेरिकी ड्रोन खसालेको दाबी
यमनको हुथी समूहले शनिवार साना प्रान्तमा अर्को अमेरिकी निर्मित एमक्यु–९ ड्रोन खसालेको बताएको छ । स्थानीय रूपमा निर्मित सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रयोग गरेर ड्रोन खसालिएको थियो । हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीद्वारा प्रसारित एक विज्ञप्तिमा हुथी सैन्य प्रवक्ता याह्या सरियाले प्यालेस्टिनीहरूको लागि समूहको समर्थन पुष्टि गर्दै यसको कार्यहरू गाजामा इजरायली आक्रमण बन्द नभएसम्म र घेराबन्दी नहटाएसम्म जारी रहने बताउनु भयो । सारियाले प्यालेस्टिनीहरूसँग ऐक्यवद्धता देखाउन आयोजित सामूहिक विरोध प्रदर्शनलाई सम्बोधन गर्दै हुथी समूहले नोभेम्बर २०२३ पछि खसालेको २० औं अमेरिकी एमक्यु–९ ड्रोन खसालेको दाबी गर्नुभयो ।
इजरायल र अमेरिकी युद्धपोतहरूमा आक्रमण गर्नबाट समूहलाई रोक्न मार्च १५ मा वाशिंगटनले यमनमा हुथी लक्ष्यहरूमा हवाई आक्रमण पुनः शुरु गरेपछि हुथी समूह र अमेरिकी सेनाबीच तनाव बढेको छ ।उत्तरी यमनको विशाल क्षेत्रहरू नियन्त्रण गर्ने हुथीहरूले गाजामा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाउन नोभेम्बर २०२३ देखि इजरायली लक्ष्यहरूमा आक्रमण गरिरहेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
१२. ‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग
श्री रामानन्दीय श्री वैष्णव संघ, जनकपुरधामले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिन माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको छ ।
आईतवार जानकी मन्दिर जनकपुरधामका महन्त रामरोशन दास वैष्णवसहितको टोलीले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । महन्त वेष्णवले विश्व सम्पदाको सूचीमा रहेको जनकपुरधाममा सीताको जन्मोत्सव मनाइने भएकाले विश्व स्तरमा अलग पहिचान भएको बताउनु भयो । उहाँले विश्व समुदायमा नेपालको पहिचान गराउने पर्व सीताको जन्मोत्सव भएको बताउनु भयो । विश्वका सनातनीले मनाउने पर्व भएकाले सीता जन्मोत्सवलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले यस पटक वैशाख २३ गते परेको पर्वलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन प्रधानमन्त्री, गृहमन्त्री तथा संस्कृति तथा पर्यटन मन्त्रीसमक्ष ज्ञापनपत्रमार्फत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीहरु नेपाल सरकारलाई यहाँको जिल्ला प्रशासन कार्यालय धनुषामा गएर एउटा ज्ञापन पत्र चढाएर प्रधानमन्त्रीज्यूलाई, गृहमन्त्रीज्युलाई, विदेशमन्त्रीज्युलाई, पर्यटन तथा संस्कृति मन्त्रीज्युलाई संघीय सरकारमा ज्ञापनपत्रमार्फत निवेदन चढाउँछु । र जनकपुरधामबासी जतिपनि हाम्रो सनातनीलगायतलाई के आग्रह गर्दछु भने हाम्रो देशलाई परिचित गराउने विश्व सम्पदाको पर्व सीताको जन्मस्थल जनकपुरधामबाट यो पर्व मनाउँदै आएको हुनाले यो राष्ट्रिय पर्वमा स्थापित हुनलाई तपाईं हामी सम्पूर्ण मिलेर जोडदार माग गर्दै राष्ट्रिय पर्व होस् र त्यो दिन संघीय सरकारमा बिदा होस् भन्नलाई म यो सम्पूर्ण साधु समाज र जनकपुरधामको तर्फबाट संघीय सरकारमा हामी जोडदार माग गर्दछु ।’
महन्त वैष्णवले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गर्नु मातृशक्तिको सम्मानमा ऐतिहासिक निर्णय हुने बताउनु भयो । राष्ट्रिय पर्वमा सार्वजनिक बिदा दिने परम्परा भएकाले जानकी जन्मोत्सवमा बिदा दिनु न्यायोचित हुने उहाँको भनाइ छ । उहाँले जानकी जन्मोत्सवले राष्ट्रिय एकता तथा देशको पहिचान झल्काएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यस दिन बिदा तथा पर्व घोषणा गर्नु केवल एक सांस्कृतिक कर्तव्य नभइ यो राष्ट्रप्रति मातृशक्तिको सम्मान गर्ने ऐतिहासिक निर्णय पनि हुनेछ । नेपाल सरकारले विगतमा राष्ट्रिय एकता र पहिचान झल्काउने पर्वहरुमा बिदा दिँदै आएको सन्दर्भमा जानकी जन्मोत्सव जस्तो सद्भाव, समानता र समर्पणको प्रतीकको पर्वमा बिदा दिनु न्यायोचित हुनेछ ।’
महन्त वैष्णवले जनकपुरधाम जनकपुत्री सीता मिथिलाको सभ्यता मात्रै नभइ विश्वभरका सम्पूर्ण हिन्दु सभ्यताको केन्द्रिय श्रद्धास्थल भएको बताउनु भयो ।
१३. आन्दोलन निरन्तर चल्छः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताउनुभएको छ ।
आईतबार सिंहदरबारमा सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परेपछि रिहाइ भएलगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आन्दोलन जारी रहने बताउनुभएको हो । उहाँले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेताहरु रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताउनु भयो । आईतवार सिंहदरबारभित्र सांकेतिक रुपमा प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङदेनसहत नेता बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही लगायत सात जनालाई पक्राउ गरेको थियो । उनीहरु सातै जनालाई रिहा गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको थियो । भोलि के गर्नुहुन्छ भन्ने जिज्ञासामा अध्यक्ष लिङदेनले भोलिको कुरा भोलि नै भन्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘रिहाइ नभएसम्म निरन्तर यस प्रकारको आन्दोलनमा रहन्छौँ हामी । भोलिको कुरा भोलि नै भन्छौँ ।’
अध्यक्षसहित नेताहरुले सिंहदरबार परिसर भित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
१४. याक र चाँैरी नेपालको पहिचान र गौरव हुन्ः कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिमाली क्षेत्रमा याक र चौँरी पालन संरक्षण र प्रवद्र्धनमा संगठित प्रयास गर्नुपर्ने बताउनुभएको छ । रोल…
याक दिवसको अवसरमा ललतिपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिलो समय जलवायु परिवर्तन तथा युवापुस्ताको बसाईंसराई जस्ता कारणले याक र चौँरी पालन घट्दो अवस्थामा रहेको बताउनु भयो । उहाँले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक आयआर्जनको प्रमुख स्रोत चाँैरी पालन भएको बताउनु भयो । चौरीको दूधबाट बन्ने छुर्पी, छेनालगायतका वस्तु हिमाली क्षेत्रका समुदायको खानपानको मेरुदण्ड भएको उहाँको भनाइ छ । याक र चौरी पर्यटन प्रवद्र्धनको समेत आकर्षण केन्द्र भएको बताउनु भयो । उहाँले याकको छाला र पुच्छरबाट निर्माण हुने वस्तुहरु विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनु भयो । उहाँले चौरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती, वातावरण सन्तुलन लगायतमा महत्वपूर्ण योगदान गरेको बताउनु भयो । याक र चौँरी नेपालको पहिचान, गौरव र धरोहर भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कठोर हिमाली परिवेशमा पनि सहजै अनुकुलन गर्नसक्ने सिमित आहार र प्रतिकुल मौसमका बाबजुत उत्पादन दिन सक्ने र गोठालासँग जीवन बाँड्दै दिनरात चरणमा घुम्ने याक चौँरी हाम्रा पहिचान, गौरव र धरोहर हुन् । नेपालको हिमाली क्षेत्रले देशको करिव ३५ प्रतिशत भूभाग ओगटेको छ । त्यहाँ बसोवास गर्ने समुदायको जीविकोपार्जनको मुल आधार नै याक चौँरी पालन हो । हिमाली जनजीवनमा याक चौरँी बहुउपयोगी पशु हुन् । नाकको दुध र त्यसबाट बन्ने छुर्पी, छेनालगायतका परिकार हिमाली समुदायको खानपानको मेरुदण्ड हो । तिनका अलावा याकको छाला र पुच्छरबाट बन्ने वस्तुहरुसमेत निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादनहरु हुन् । याक पर्यटन प्रवद्र्धनको पनि आकर्षणको केन्द्र बनेका छन् । तिनले सामान ढुवानीदेखि खेतबारी जोत्नेसम्मका कार्यमा सहयोग पु¥याइरहेका छन् । अझ भन्नुपर्दा याक र चौँरी बिनाका हिमाली पारिस्थितिक प्रणाली अपुरो हुनेकुरा पनि हामीले अध्ययन गर्नुपर्ने जरुरी देखिन्छ । याक चौँरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती र वातावरण सन्तुलनमा महत्वपूर्ण योगदान पु¥याइरहेका कुरा यहाँहरुको बीचमा निवेदन गर्न चाहन्छु । तर दुःखको कुरा पछिल्लो समयमा नेपालको याक चौँरीको संख्या घट्दो क्रममा छ । यस अवस्थाको पछाडी धेरै कारणहरु हुन सक्छन् । हामीलाई जानकारी नहुन पनि सक्छ । भौगोलिक अवस्थिति, भौगिलिक चुनौति, युवा पुस्ताको बसाईंसराई चरण क्षेत्रको अभाव, प्रजनन्सम्बन्धि समस्या, जंगली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता विविध विषय हुन सक्छन् । अब हामीले याक र चौँरी पालनको संरक्षण र प्रवद्र्धनमा संगठित प्रयास गर्नु जरुरी भएको छ ।’
कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले नेपालमा शुरु गरिएको याक दिवसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने बताउनु भयो । उहाँले याक तथा चाँैरी पालन गर्ने देशहरुको साझा संस्कृति र साझा सम्पतीको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले याक पालनलाई सम्बन्धित देशहरु नेपाल, भारत, चीन तथा भूटानले
आन्तर्राष्ट्रिय सरोकारको विषय बनाउनुपर्नेमा जोड दिनुभयो । दिवस मनाउँदा याक पालन क्षेत्रमै गएर मनाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यसलाई अन्तर्राष्ट्रिय याक दिवसको रुपमा शुरु गरिसकेका छौँ । र हामी याक पाल्ने जति पनि देशहरु छौँ एउटा साझा दिनको रुपमा यसैलाई घोषणा गरेर जाऔँ वैशाख ७ गते, अप्रिल २० लाई याक दिवसको रुपमा घोषणा गरेर जाऔँ । र आजको यस पहिलो याक दिवसले यो पनि निर्णय गरोस् हामी सबै देशलाई अनुरोध गरेर पठाउँछौँ कि यो दिनलाई अन्तर्राष्ट्रिय याक दिवसको रुपमा हामी सबैले मनाऔँ । र हिमाली साझा संस्कृति साझा सम्पतिको रुपमा यसलाई संरक्षण गरौँ भन्नेकुरा पनि यस समारोहले घोषणा गरोस् भन्ने मन्त्रालयको तर्फबाट अनुरोध गर्न चाहेँ । ताकि अर्को पटक हाम्रो जमघट हुँदा अन्तर्राष्ट्रिय दिवस नै भइसक्यो सबै याक पालन गर्ने देश भएका छौँ भने अर्को पटक याक दिवस मनाउँदा कुनैबेला हिमाञ्चलमा मनाऔँला, कुनैबेला अरुणाञ्चलमा मनाऔँला, कुनैबेला भूटानमा मनाऔँला, कुनैबेला माथि तिब्बतमा मनाऔँला ताकि हामीले यसलाई अन्तर्राष्ट्रिय सरोकारको विषयमा रुपान्तरण गर्नसकौँ ।’
याकप्रतिको आकर्षण बढाउन तथा जैविक तथा आर्थिक महत्व उजागर गर्न सरकारले वैशाख ७ गतेलाई याक दिवस घोषणा गरेको थियो ।
१५. स्वास्थ्यसँग सम्बन्धित चश्मा आयातमा भन्सार छुट हुनुपर्छः चश्मा व्यवसायी
करमार्फत राज्यको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको चश्मा व्यवसायलाई राज्यले योजना बनाएर बजेटको व्यवस्था गर्नुपर्ने चश्मा व्यवसायीहरुले बताएका छन् ।
काठमाडौंमा जारी अप्टिकल एक्स्पोमा व्यवसायीहरुले चश्मा व्यवसायीको हकहितका लागि काम गर्नु सरकारको दायित्व भएको बताएका हुन् । एक्स्पोमार्फत आएको परिणामले भविष्यमा यस्ता कार्यक्रम गर्न थप हौसला मिलेको उनीहरुको भनाइ छ । आयातकर्ता र खुद्रा विक्रेतालाई जोड्ने काम गर्ने प्रदर्शनीमा खुद्रा चश्मा पसलमा आवश्यक सम्पूर्ण सामानहरु उपलब्ध हुने व्यवसायीको भनाइ छ । प्रदर्शनी पहिलो पटक आयोजना गरिएको भएपनि ग्राहकको उपस्थितिले उत्साह थपिएको व्यवसायीले बताएका छन् । अप्टिकल एशोसिएशन व्यवसायी सङ्घका सहसचिव देवेन्द्र मास्केले नेपालको अर्थतन्त्रमा चश्मा व्यवसायले ठूलो हिस्सा ओगटेको बताउनु भयो । मानव शरीरको महत्वपूर्ण र संवेदनशील अंग आँखाको क्षेत्रमा काम गर्ने चश्मा व्यवसायीलाई व्यवसायको संरक्षण र प्रवद्र्धन गर्न प्रदर्शनीले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । प्रदर्शनीमा देखिएको भीडले प्रदर्शनीको उद्देश्य पूरा भएको देखाउने उहाँको भनाइ छ । उहाँले चश्मा व्यवसायीलाई राज्यले तालिमको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
चश्मा व्यवासायी होलसेल सङ्घका महासचिव छविलाल तिमल्सिनाले चश्मा व्यवसायीका समस्यामा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले चश्माको आयातमा अत्याधिक कर लगाइएकाले सरकारले त्यसमा पुनर्विचार गर्नुपर्ने बताउनु भयो । कर तिर्दा पनि कतिपय अवस्थामा व्यवसायीहरुले दुःख पाएको उहाँको गुनासो छ । चश्मा व्यवसाय मान्छेको स्वास्थ्यसँग सम्बन्धित भएकाले आयातमा भन्सार छुट गर्नुपर्ने उहाँको माग छ ।
वैशाख ५ गतेदेखि शुरु भएको प्रदर्शनी वैशाख ७ गतेसम्म जारी रहने आयोजकको भनाइ छ ।
१६. अगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौंः उपप्रधानमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट मुलुकमा विद्यमान समस्याहरुको सम्बोधन हुनेगरी ल्याइने बताउनुभएको छ । रोल…
आईतवार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको बजेटसम्बन्धी मन्त्रालयगत छलफलको प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । सरकारले उत्पादन तथा निजी क्षेत्रले उठाएका मागहरुलाई सम्बोधन गर्नको लागि अध्यादेशबाट कानून संशोधन गरेको उहाँको जिकिर छ । सहकारी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न कानूनी र संरचनात्मक प्रवन्ध गरिएको उल्लेख गर्दै उहाँले सहकारी क्षेत्रका समस्याको दिगो समाधान गर्नतर्फ सरकार अग्रसर रहेको बताउनु भयो । उहाँले मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको समेत दाबी गर्नुभयो । उहाँले अस्थिरतावादी प्रवृत्तिहरु स्थिरताको विरुद्ध क्रियाकलाप गरिरहेको उल्लेद गर्दै सफल हुन नदिइने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको छ । अहिले मुलुक अस्थिरतातर्फ होइन राजनीतिक स्थिरतातर्फ अगाडि बढेको छ । तर अस्थिरतावादी प्रवृत्तिहरु भने यो स्थिरताको खिलापमा विभिन्न गतिविधि गर्ने प्रयास गरिरहेका छन् । अस्थिरतावादी, प्रतिक्रियावादी, प्रतिगामी र अराजकतावादी प्रवृत्तिहरु सक्रिय छ । यदाकदा त्यसमा लोकप्रियतावादी पनि त्यसमा मिसिन पुग्छ । यो खालको प्रवृत्ति चाँही मुलुकमा अस्थिरता सिर्जना गर्ने कोशिस गरिरहेको छ । तर के विश्वास दिलाउन चाहान्छु भने अस्थिरता निम्त्याउन गरि कोसिशहरु नाकाम र निरर्थक हुनेछन् ।’
उहाँले अर्थतन्त्रका सम्पूर्ण परिसूचकहरु सकारात्मक दिशातर्फ अभिमुख रहेको बताउनु भयो । उहाँले जनता र सरकारबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै मुलुकमा विद्यमान समस्याहरुको सम्बोधन गर्नेगरी बजेट ल्याइने विश्वस समेत दिलाउनु भयो ।
१७. दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि वार्षिक ३० खर्ब २३ अर्ब आवश्यक
राष्ट्रिय योजना आयोगले सन् २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिव २११ खर्ब ६५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरेको छ । रोल…
आईतवार “दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति–२०८१” सार्वजनिकीकरण कार्यक्रममा आयोगले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सन् २०३० सम्ममा वार्षिक औसत ३० खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको हो । दिगो विकास लक्ष्यहरूमध्ये कुल लगानीको सबैभन्दा ठूलो हिस्सा लक्ष्य–९ मा रहेको उद्योग र पूर्वाधारमा आवश्यक हुने आयोगकी कार्यक्रम निर्देशक अनिता पौडेलले बताउनु भयो । उहाँकाअनुसार उद्योग र पूर्वाधारमा कुल लगानीको २४ प्रतिशत आवश्यक पर्ने देखिएको हो । यस्तै, लक्ष्य ७ मा रहेको स्वच्छ ऊर्जामा १२ प्रतिशत, लक्ष्य १ मा रहेको गरिबीको अन्त्यमा ११ प्रतिशत आवश्यक हुने देखिएको छ । सन् २०२४–३० को समयमा औसतमा कुल गार्हस्थ्य उत्पादनको ४५ दशमलव ४ प्रतिशत लगानी आवश्यक हुने अनुमान रहेको कार्यक्रम निर्देशक पौडेलले बताउनु भयो । उहाँक अनुसार यो अनुमान साविकको रणनीतिमा गरिएको औसत वार्षिक अनुमान भन्दा २ दशमलव ४ प्रतिशतले कम हो ।
कार्यक्रम निर्देशक पौडेलले भन्नुभयो, “सन् २०२४–३० को समयमा औसतमा वार्षिक ३० खर्ब २३ अर्ब रुपैयाँ वित्तीय लगानी आवश्यक हुने देखिन्छ । यो लगानी आवश्यकतामध्ये सबैभन्दा बढी लगानी डिमाण्ड गर्ने दिगो विकासको लक्ष्य ९ हो । जुन पूर्वाधारसँग सम्बन्धित रहेको छ । यस्तै, लक्ष्य ७ स्वच्छ ऊर्जासँग सम्बन्धित र लक्ष्य १ गरिबी निवारणसँग सम्बन्धित लक्ष्यहरूमा अलिकति बढी लगानी आवश्यकता भएको देखिन्छ ।”
दिगो विकास लक्ष्यको लगानी आवश्यकता पूर्ति गर्नका लागि सार्वजनिक, निजी, सहकारी (गैरसरकारी र समुदायसहित) र घरपरिवार स्तरबाट वित्तीय स्रोत उपलब्ध हुनेगरी आयोगले रणनीति तयार पारेको छ । सार्वजनिक क्षेत्रबाट दिगो विकास लक्ष्यको कुल लगानी आवश्यकताको ५७ दशमलव ५ प्रतिशत लगानी परिचालन हुने अनुमान गरिएको छ भने सङ्घ सरकारबाट ९० प्रतिशत, प्रदेश सरकारबाट ९ प्रतिशत र स्थानीय सरकारबाट २१ प्रतिशत लगानी परिचालन हुने आयोगको रणनीति छ । निजी क्षेत्रबाट ३४ दशमलव ३५ प्रतिशत, सहकारी तथा गैरसरकारी क्षेत्रबाट ४ दशमलव १८ प्रतिशत र घरपरिवार स्तरबाट ३ दशमलव ९५ प्रतिशत लगानी परिचालन हुने देखिएको छ । आयोगले स्रोतहरूलाई पहिले भन्दा अझ फराकिलो बनाएको आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले बताउनु भयो ।
उपाध्यक्ष अधिकारीले भन्नुभयो, “हामीले स्रोतहरूलाई पहिलो भन्दा अहिले अझ फराकिलो बनायौँ । हामीले हिजोका दिनमा घरायसीलाई खासै जोड दिएका थिएनौँ । अहिले हामीले निजी क्षेत्र, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको योगदानलाई पनि छुट्टाएर रणनीति तयार पारेका छौँ ।”
आयोगले प्रकाशन गरेको प्रमुख आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तक पनि सार्वजनिक गरिएको छ । यसले मिथ्या सूचना र गलत जानकारीलाई न्युनिकरण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
१८. नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सजिलै सम्भव हुन्छः उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेतृत्व विश्वासिलो भए सबै गाह्रो काम पनि सजिलै सम्भव हुने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा नेपाल बज्रमान महाविहार लुम्बिनीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राम्रो काम गर्न गाह्रो हुने तर गाह्रो कामलाई कार्यान्वयनमा लैजान नेतृत्व विश्वासिलो भए सम्भव हुने बताउनु भयो । उहाँले २०४६ सालको जनआन्दोलनमा गणेशमान सिंहलाई सबैले विश्वास गरेको कारण आन्दोलन सफल भएको जिकिर गर्नुभयो । उहाँले विश्वास जितेको नेतृत्व भए सामाजिक, धार्मिक कार्यहरू सम्पन्न गराउनको लागि असम्भव नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, “राम्रो काम गर्न गाह्रो चाहीँ हुन्छ, गाह्रो कामलाई कार्यान्वयनतर्फ लैजानको लागि नेतृत्व राम्रो भयो भने, विश्वासिलो भयो भने सम्भव हुन्छ । ०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमान्डर गणेशमान सिंहप्रति सबैको विश्वास भएको कारणले त्यो आन्दोलनलाई सफलतातिर लगेजस्तै सामाजिक, धार्मिक कार्यहरूलाई पनि सम्पन्न गराउनको लागि विश्वास जितेको नेतृत्वले ग¥यो भने सम्भव हुन्छ ।”
उपप्रधानमन्त्री सिंहले लुम्बिनीमा बनेको महाविहारले पर्यटकीय गतिविधिलाई बढाउन मद्दत पुग्ने बताउनु भयो ।
१९. बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आईतवार रुपन्देहीको बुटवलमा आयोजित ‘जितगढी विजयी उत्सव–२०८२’ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने सोच र योजना बनाएको भन्दै त्यसलाई अगाडी बढाउन आफूले पहल थालेको बताउनु भयो । उहाँले रुपन्देहीको विकासको लागि स्थानीय तहसँग हातेमाले गरेर अगाडी बढ्न प्रदेश सरकार तयार रहेको दाबी समेत गर्नुभयो ।
मुख्यमन्त्री आचार्य भन्नुभयो, “प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने जुन सोच र योजना बनाएको छ, यसलाई अगाडी बढाउनको निम्ति प्रदेश सरकारको तर्फबाट र व्यक्तिगततर्फबाट पनि दिलोज्यान दिएर अगाडी बढ्नेकुरा निवेदन गर्न चाहन्छु । स्थानीय तहसँग हातेमाले गरेर अगाडी बढ्न प्रदेश सरकार तयार छ ।”
वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही दिनको सम्झनामा जितगढी किल्लामा हरेक वर्षको वैशाख ७ गते जितगढी विजय उत्सव मनाइँदै आइएको छ ।
