इसान एशियन पब्जी च्याम्पियनसिप वैशाखको तेस्रो साता

काठमाडौं । ई स्पोर्टस संघ नेपाल (इसान) को आयोजनामा इसान एसियन पब्जी च्याम्पियनसिप आगामी वैशाखको तेस्रो सातामा हुने भएको छ ।

कुल १३ राष्ट्रको टोलीले प्रतिस्पर्धा गर्ने इसान एसियन पब्जी च्याम्पियनसिपमा आगामी वैशाख २६ देखि २८ गतेसम्म हुन लागेको हो ।

आइतबार पत्रकार सम्मेलनमार्पmत ई स्पोर्टस संघ नेपालका अध्यक्ष अञ्जन धमलाले संघको वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता हुन लागेको बताए ।

उक्त प्रतियोगितामा नेपालका तीन टोली डिआरएस, होरा इ स्पोर्टस र नेपेक्स इ स्पोर्टसले खेल्ने भएको छ ।

मलेसिया, इण्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बङ्गलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलङ्का र माल्दिभ्सका टोलीले भर्चुअलको माध्यमबाट प्रतिस्पर्धा गर्ने भएका छन् । बिग ब्राकेट्स इ स्पोर्टसले च्याम्पियनसिपमा टेक्निकल व्यवस्थापन गर्ने इसानले जनाएको छ ।

आयोजकले यस प्रतियोगिता आयोजना गर्न ३२ लाख रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ । प्रतियोगिताका शीर्ष ६ टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

संघका अध्यक्ष धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनले ई स्पोर्टसको पब्जी मोबाइल खेललाई समावेश गरेर एसियाली स्तरको प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

अध्यक्ष धमलाले भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकताबद्ध गर्न प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *