शिक्षक आन्दोलनको समय सारियो, भोलि बिहान ९ बजेदेखि १२ बजेसम्म गर्ने

काठमाडौँ । बिहान ११ बजेदेखि ३ बजेसम्म माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै आएको शिक्षक महासंघले भोलि (आइतबार) बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि महासंघले आफ्नो प्रदर्शनको समय बिहानको लागि सारेको हो ।

शिक्षक महासंघकी सह अध्यक्ष नानुमाया पराजुलीका अनुसार, सम्भावित परिस्थितिलाई मध्यनजर गरेर समय परिवर्तन गरिएको र भोलि बिहान ९ देखि १२ सम्म आन्दोलन गर्ने तथा आन्दोलन शान्तिपूर्ण हुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =