राइटपाथका सिईओ डिसीलाई शैक्षिक परामर्श सेवा सम्मान
२०८२ वैशाख ५ गते

काठमाडौँ । राइटपाथ करिअर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत (सिईओ) फिलिप डिसीलाई सम्मान गरिएको छ ।
बिहीबार काठमाडौँस्थित पर्यटनबोर्डमा आयोजित ‘९ औँ राष्ट्रिय क्यापिटल अवार्ड २०८१’ समारोहमा उनलाई गरिएको हो ।
उनलाई शैक्षिक परामर्श सेवा सम्मान प्रदान गरिएको हो ।
उनी विगत एक दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय भएर नेपालको शैक्षिक परामर्श क्षेत्रको विकासमा भूमिकाको खेल्दै आएका थिए ।
सिईओ डिसीले शैक्षिक परामर्श क्षेत्रका समस्या समाधानका लागि राज्यका विभिन्न तहमा आवाज उठाउँदै आएका पनि छन् ।
प्रतिनिधि सभाको उपसभामुख इन्दिरा राना मगर, प्रतिनिधि सभा सदस्य एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे, बागमती प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले उनलाई सम्मान प्रदान गरेको थियो ।
२०८२ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित








