राजावादी उग्र भएपछि प्रधानमन्त्रीले बोलाए ‘क्याबिनेट’, के गर्ला निर्णय ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् (क्याबिनेट) बैठक बोलाएका छन् । उनले शुक्रबार राति ८ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

राजावादीहरुको उग्र प्रदर्शनपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाहले बताए ।

राजवादीहरु आगजनी र तोडफोड गरेपछि जिल्ला प्रशासन कार्यालय काठमडौंले शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *