सेन्ट्रल प्लाजा आगलागी अपडेट : उद्धार गर्नुपर्ने थप भेटिएन, ब्यारेकमा राखियो हेलिकप्टर

काठमाडौँ । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा भएको आगलागीमा उद्धार गर्नुपर्ने थप कोही नभेटिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार घटनास्थलमा उद्धारका लागि सेनाको हेलिकप्टर पुगे पनि थप उद्धार गर्नुपर्ने व्यक्ति नभेटिएको हो ।

त्यसपछि हेलिकप्टर नेपाली सेनाको ब्यारेकमा राखिएको छ ।

गृह मन्त्रालयले यसअघि सेन्ट्रल प्लाजामा भएको आगलागीबाट १६ जनाको उद्धार भएको जानकारी दिएको थियो । मन्त्रालयले त्यसलाई संशोधन गर्दै ११ जनाको मात्रै उद्धार भएको बताएको छ ।

मन्त्रालयका अनुसार उद्धार गरिएकाहरू मध्य ८ पुरुष र ३ महिला रहेको जानकारी दिएको छ ।

बुधवार बिहान साढे ९ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी भएपनि अहिलेसम्म निभाउन सकिएको छैन् ।

इटहरी र आसपासका आठ वटा दमकलले निभाउने प्रयास गर्दा पनि आगो नियन्त्रणमा नआउन सकेको हो ।

आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =