भ्रष्टाचारमा लिप्त मान्छेलाई अझै लुट भनेर ऊर्जामन्त्री बनाइएको छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राम्रो काम गर्नेलाई सरकारले दुख दिएको बताएका छन् ।

शनिवार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘राम्रो काम गर्नेलाई कोपरेको छ, चिथोरेको छ । जसरी हुन्छ, त्यसलाई सताएको छ ।’

उनले स्वास्थ्यसम्बन्धी ज्ञान भएको मान्छेलाई राष्ट्रपतिले अझै लुट भनेर स्वास्थ्यमन्त्री बनाएको बताएका छन् । उनले जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्रीको पद दिइएको बताए ।

भने ‘राष्ट्रपतिले स्वास्थ्यमन्त्रीमा स्वास्थ्यसम्बन्धी ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्यो । शिक्षामन्त्री शिक्षासम्बन्धी राम्रो ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्यो,’ प्रचण्डले भने, ‘अहिले त भएको के छ ? मन्त्रीका अनुहारहरू हेर्नुभयो भने, जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ । अझै लुट भनेर ।’

अध्यक्ष प्रचण्डले आफू जनतासँग हुँदा खुसी अनुभूत गर्ने बताए ।

‘काठमाडौंमा बसेर फटाहासँग बसेर काम न काजका कुरा गर्दाको थकान र जनतासँग बसेर खाँदा पाउने खुसी यहाँ अनुभूत गर्यौँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 2 =