‘संसदलाई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउन आवश्यक’

काठमाडौँ । नेकपा (एमाले) की सचेतक सुनिता बरालले संसदलाई निराशा पोखर जनता भड्काउने नभई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउन आवश्यक रहेको बताएकी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बरालले यस्तो बताएकी हुन् । उनले जनताका समयसापेक्ष समस्या समाधान गर्न चालेका कदमहरूमा सहयोग गर्न समेत उनले सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छन् ।

उनले नयाँ दलहरूले पुराना राजनीतिक दलका नेतृत्वमाथि पुस्ताको कुरा उठाएर गाली गर्ने काम मात्र गरेको समेत आरोप लगाइन् । उनले जनता र नयाँ पुस्ताका समस्यामा बहस गरेर पुस्तान्तरण आवश्यकतालाई प्रमाणीकरण गर्न समेत आग्रह गरिन् । उनले नेपालको अर्थतन्त्रमा उत्पादनले कममा क्षेत्र ओगटेको उल्लेख गर्दै उत्पादन बढाउनु आजको आवश्यकता भएको बताइन् ।

उनले भनिन् ‘सदनमा निराशा पोखेर जनतालाई भड्काउने होइन । नीति र कार्यक्रमका आधारमा जनतालाई समेट्ने थलो बनाउन आवश्यक छ । यो कुरालाई संस्थागत गर्न सरकारले चालेका पहलहरूमा सबैले सहयोग गर्न आवश्यक छ । आज नेपालको अर्थतन्त्रको स्वरूप फेरिँदै छ । अर्थतन्त्रमा थोक व्यवसायले ३० प्रतिशत क्षेत्र ओगटेको छ । उत्पादनको क्षेत्रले लगभग १५ प्रतिशत हाराहारीले ओगटेको छ । आज समय र हाम्रा आवश्यकताहरू परिवर्तन भएका छन् । तर यो उत्पादकत्व दक्षिण एसियाली मुलुकहरूमै हेर्दाखेरि नेपालमा केही कम भएको हो कि भन्ने अनुभूति हामीलाई भएको छ । आज हामीले उत्पादनको क्षेत्र बढाउन आवश्यक छ ।’

उत्पादन क्षेत्रमा जनशक्ति बढाउनको लागि शिक्षा प्रणालीलाई सिपमूलक बनाउन जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =