‘नेपाल तस्करहरुको ट्रान्जिट पोइन्ट बनेको हो ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले के नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । यस्तो अवस्थामा नेपाली जनताको सहनशीलताको परिक्षा नलिन समेत सरकारलाई चेतावनी दिइन् ।

नेपाल दिन प्रतिदिन तस्करहरुको जालोमा फसिहरेको उनको भनाइ छ ।

उनले भनिन्– ‘भ्रष्टाचारमा नेपालले नयाँनयाँ कीर्तिमान कायम गरिराखेको छ । र हामी ठगीको उपाधिबाट घोषित भएका छौं । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु र सरकारलाई खबरदार भन्न चाहन्छु । सरकारले देशलाई कहाँ पुयाउन खोजेको हो ?’

उनले यस्तै अवस्था भए सरकार मात्रै नभई देश नै खतरामा पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =