चैत ०६ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं.

चैत ०६, २०८१
ई.सं.
19 Mar, 2025
शक संवत्
१९४६
नेपाल संवत्
११४५ चौलाथ्व
कालयुक्त
उत्तरायण
वसन्त
बुधवार
चैत्र कृष्णपक्ष
तिथि
पञ्चमी २१:२४ बजेसम्म, त्यसपछी षष्ठी
नक्षत्र
विशाखा १८:८ बजेसम्म, त्यसपछी अनुराधा
योग
हर्षण १५:२२ बजेसम्म, त्यसपछी वज्र
करण
कौलव ०८:२८ बजेसम्म, त्यसपछी तैतिल २१:२४बजेसम्म, त्यसपछी गर
चन्द्रराशि
तुला
आनन्दादि योग
धाता
दिनमान
१२:३
सूर्योदय
६:११
सूर्यास्त
१८:१४
सौरमानले सिद्धार्थीनामसंवल्सर १३ः९ बजे।
सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा

 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। साझेदारी व्यापारबाट लाभ रहनेछ। मित्रता वा प्रेमको बन्धन कसिनेछ। व्यापार व्यवसायमा घरपरिवारबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। अनावश्यक खर्चले आर्थिक पक्ष कमजोर रहनेछ। कृषि वा पशुपालनबाट राम्रो आय आर्जन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थीहरूलाई अध्ययन र लेखनमा सफलता मिल्नेछ। प्रशासनिक वा राजकीय क्षेत्रमा कार्य सम्पादनमा विलम्ब हुनेछ। व्यापारमा आम्दानी बढाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा कार्यसम्पादनको लागि संघर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। जग्गा जमिनको किनबेचले लाभ उठाउन सकिनेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतियोगी परीक्षामा विजय भइनेछ। कार्यक्षेत्रमा रोकिएको काम बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। मेहनतीहरूको लागि निकै उत्साहबर्धक समय रहेको छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा बोलीको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आफ्नो कार्यहरु अरुको विश्वासमा नछोड्नुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजमा मानसम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुको साथै नयाँ पदभार सम्हाल्नु पर्ला। विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ। दिगो फाइदा हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा कानुन विपरीत कार्य नगर्नुहोला। सवारी साधनमा धन खर्चका योग छन्। रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मेहनतले सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल होला। नयाँ योजनाहरू सार्वजनिक गर्नुभन्दा अघि सोचविचार गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछाडि परिनेछ। पिताको सहयोगले कार्य बन्नेछ। व्यापार व्यवसायमा श्रमको उचित मूल्यांकन मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा चुनौतीपूर्ण कार्य निर्वहन गर्नुपर्ला। व्यापार व्यवसायमा इष्टमित्रहरूको सहयोग मिल्नेछ। धर्मकर्ममा मन लाग्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आत्मविश्वासमा वृद्धि हुनेछ। वैदेशिक रोजगारका नयाँ अवसरहरू प्राप्त हुनेछन्। विद्यार्थीहरुलाई उच्च शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ७ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *