भारतको नयाँ दिल्लीमा राइसिना डाइलग शुरु

काठमाडौं । राइसिना डाइलग भारतको नयाँ दिल्लीमा शुरु भएको छ ।

दक्षिण एशिया र एशिया प्रसान्त क्षेत्रको जल्दाबल्दा विषयमा छलफल गर्ने गरिने कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेष कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । न्युजील्याण्डका प्रधानमन्त्री विशेष अतिथि रहनुभएको डाइलग ३ दिनसम्म चल्नेछ ।

यस डायलगको दोश्रो दिन नेपालको परराष्ट्र मन्त्रि डा। आरजु राणा देउवाले जलवायु परिवर्तन र यसले परेको असरबारे विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । विश्वका धेरै देशका विदेश मन्त्री, विषय विज्ञ, विभिन्न एजेन्सीका प्रमुखहरु यस डाइलगमा सहभागी हुँदैछन् । जनता, शान्ति र पृथ्वीको अवधारणामा कालचक्र नाममा यो राइसिना डायलग शुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =