माओवादी सरकारमा जाँदैछ भन्ने बेतुकको हल्ला चलाइयो, बिल्कुलै सत्यता छैन : गंगा दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ गंगा दाहालले नेकपा माओवादी केन्द्र सरकारमा जाँदैछ भनेर चलाइएको हल्लामा कुनै सत्यता नरहेको बताएकी छन् ।
शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले सो कुरा बताएकी हुन् । उनले अहिले नेकपा माओवादी केन्द्र सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको बताउँदै हल्लाका पछि नलाग्न आग्रह गरिन् ।
भ्रष्टाचार विरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर-घरमा गई जनतासंग हातेमालो गर्दै अघि बढिरहेको नेकपा माओवादी(केन्द्र) को अभियानबाट आत्तिएर नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले माओवादी केन्द्र पनि सरकारमा जॉदैछ भन्ने बेतुकको हल्ला बजारमा चलाइएको नेतृ दाहालले बताइन् ।
नेतृ दाहालले लेखेको स्टाटस
भ्रष्टाचार बिरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर-घरमा गई जनतासंग हातेमालो गर्दै अघि बढिरहेको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी(केन्द्र) को अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले “माओवादी केन्द्र पनि सरकारमा जॉदैछ” भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाईएको रहेछ, यसमा बिल्कुलै सत्यता छैन। हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गरॉउदछौ।








