ट्रम्पको विरोध गरेपछि अमेरिकाद्धारा दक्षिण अफ्रिकाका राजदूत निष्काशित

२०८१ चैत २ गते

काठमाडौं । दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई अमेरिकाबाट निष्कासित गरिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे जानकारी दिँदै दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोप लगाएका छन् ।
रुबियोले एक्समा लेखेका छन्, “दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देश अमेरिकामा स्वागत छैन। इब्राहिम रसूल जातिवादी राजनीतिज्ञ हुन्, जसले अमेरिका र अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन् ।”
यसअघि, फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहायता रोकेका थिए ।

२०८१ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित