नेता उमेश श्रेष्ठलाई मातृशोक, नेपाली कांग्रेसद्वारा श्रद्धाञ्जली

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकी आमा लीलादेवी श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहनुभएका श्रेष्ठको शुक्रबार अन्तिम स्वास भएको हो ।

श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि निवासमा राखिने पारिवारिक स्रोतले जनाएको छ । अन्तिम संस्कार आज दिउँसो २ बजे सम्पन्न गरिनेछ ।

आमा गुमाउनु पर्दाको दुःखद घडीमा नेपाली कांग्रेसले गहिरो शोक व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *