नेविसंघले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौं । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

नेविसंघले शुत्रबार पत्रकार सम्मेलन गरी ‘स्वतन्त्र विद्यार्थी युनियन’ (स्ववियु) को चुनावी घोषणापत्र सार्वजनिक गर्दै हरेक विश्वविद्यालय तथा क्याम्पसमा ‘डिजिटल लाइब्रेरी’ र ‘निःशुल्क वाइफाइ व्यवस्थापन’ का लागि पहल गर्ने समेत जनाएको छ ।

विद्यार्थी स्वयम्को सक्रिय सहभागिता र नेतृत्वमा डिजिटल माध्यममार्फत ज्ञान सिर्जना, सङ्ग्रह र प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन, अनुसन्धान, रचनात्मक लेखन, शैक्षिक सामग्री निर्माण तथा डिजिटल पुस्तकालय विस्तारलाई प्रोत्साहन गरिने नेविसंघले घोषणा पत्रमा उल्लेख गरेको छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्र सङ्ग्रह गरी अभिलेख निर्माण गर्ने, क्याम्पस परिसरमा सस्तो तथा निःशुल्क छात्रवास व्यवस्थाका लागि पहल गर्ने, व्यावहारिक शिक्षा सुधार तथा ‘पेड इन्टर्नसिप’ कार्यक्रम अगाडि सार्नेसमेत नेविसंघले जनाएको छ ।

अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ विद्यार्थीको हक, हित र मुद्दामा सधैँ झै इमान्दार रहेको विचार व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =