राष्ट्रिय महिला कबड्डीमा कर्णालीको जित

कर्णाली । कर्णाली  प्रदेशले राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २० औं संस्करणमा पहिलो दिन दुई जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रवारदेखि शुरु भएको प्रतियोगितामा कर्णालीले गण्डकी र कोशी प्रदेशलाई हराएको हो । पहिलो खेलमा कर्णालीले गण्डकीलाई ५१–२६ स्कोरले हराएको थियो ।

उक्त खेलमा कर्णालीकी विनिता पण्डित प्लेअर अफ दी म्याच भइन् । दोस्रो खेलमा पनि कर्णालीले कोशीलाई ५९–२९ ले हरायो । उक्त खेलमा पनि विनिता नै प्लेअर अफ दी म्याच भइन् ।

विभागीय डर्बीमा त्रिभूवन आर्मी क्लवले नेपाल पुलिस क्लवलाई २७–२१ को साँघुरो अन्तरले हरायो । उक्त खेलमा गंगा घिमिरेले उत्कृष्ट प्रदर्शन गरिन् । दोस्रो खेलमा भने पुलिसले जित निकाल्यो ।

मानमति बिष्टको कप्तानीमा रहेको पुलिसले कोशीलाई ५८–२७ अंकले हरायो । यो खेलमा मानमती नै प्लेअर अफ दी म्याच घोषित भइन् । अर्को विभागीय टोली एपिएफले पनि विजयी सुरुआत ग¥यो । एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ६५–२४ को फराकिलो जित निकालेको हो ।

अन्य खेलमा लुम्बिनीले मधेस प्रदेशलाई ४२–३२ अंक, सुदूरपश्चिमले वागमतीलाई ३३–२९ र वागमतीले लुम्बिनीलाई ४२–३४ अंकले हराए । १० टोली सहभागी प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

प्रतियोगिताको विजेताले दुई लाख,उपविजेताले एक लाख तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउने अखिल नेपाल कबड्डी संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =