भक्तपुरमा स्कर्पियो अनियन्त्रित भएर दुर्घटना हुँदा ८ जना घाइते, एक जनाको अवस्था गम्भीर

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाने क्रममा एक स्कर्पियो दुर्घटना भएको छ ।
बिहीबार तीव्र गतिका कारण आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । प्रहरी नायव उपरीक्षक)डीएसपी) ढुण्डिराज न्यौपानेका अनुसार दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
उनका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सबैको थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार गुण्डुतर्फ जाने क्रममा मोडमा अनियन्त्रित भएर बीएए ०८३४ नम्बरको स्कर्पियो गाडी पल्टिएको थियो । त्यसक्रममा गाडीमा सवार ८ जना घाइते भएका थिए ।
घाइते हुनेहरुमा भक्तपुर कटुञ्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षीय कमल अछामी, सुबोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोख्रेल, ३५ वर्षीय विवेक बस्नेत, २७ वर्षीया रुपा पन्त र आशिष अछामी छन् ।








