फागुन २९ बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. फागुन २९, २०८१ । ई.सं. 13 Mar, 2025 । शक संवत् १९४६ । नेपाल संवत् ११४५ चिल्लाथ्व । कालयुक्त उत्तरायण शिशिर । बिहीबार फाल्गुण शुक्लपक्ष । तिथि चतुर्दशी १०:३२ बजेसम्म, त्यसपछी पूर्णिमा । नक्षत्र पूर्वफाल्गुनी ०६:२ बजेसम्म, त्यसपछी उत्तरफाल्गुनी । योग धृति १३:१९ बजेसम्म, त्यसपछी शूल । करण वणिज १०:३२ बजेसम्म, त्यसपछी भद्रा २३:०४बजेसम्म, त्यसपछी वव । चन्द्रराशि सिंह । आनन्दादि योग गद । दिनमान ११:५३ । सूर्योदय ६:१८ । सूर्यास्त १८:११ । पुर्णिमाव्रत, भद्रापछि चिरदाह, पहाडमा होलीतोरन्लपर्व (थकालीको) । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) युवा वर्गहरूलाई कँरियरलाई लिएर शुभचिन्तकहरूको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। नोकरी वा पेशामा सहयोगी वर्गहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) छरछिमेकीसँग मनमुटाव सुल्झिनेछ। पैतृक सम्पत्तिलाई लिएर आफन्तहरुसँग वादविवादको सम्भावना रहेको छ। आफ्नो सोचलाई सकारात्मक राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मबलमा वृद्धि हुनेछ। आर्थिक दृष्टिकोणले समय लाभदायक रहेको छ। साहित्य वा लेखन कलामा निखार ल्याउन सक्नुहुनेछ। आजको शुभ रंग गाढा हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। आफन्तहरूबाट साथ र सहयोग मिल्ला। कार्यक्षेत्रमा नयाँ प्रतिद्वन्दीहरू बढ्नेछन्। परिस्थितिवस चिताएको काम रोकिन सक्ला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिन रमाइलो रहनेछ। नयाँ कार्यको थालनी हुनेछ। समाजमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा हजुरको बौद्धिक क्षमताको प्रशंसा हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्वकांक्षी योजनाहरू गोप्य राख्नुहोस्। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यक्तित्वलाई निखार्ने अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा पहिलाको सफलताले नयाँ कार्य गर्नमा जोस जागर लाग्नेछ। कार्यक्षेत्रमा सहयोगीहरूले सहयोग दिनेछन्। आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग हल्का सेतो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नोकरी वा पेशामा मेहनतको प्रतिफल प्राप्त हुनेछ। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। व्यापार विस्तारका योजनाहरू कार्यान्वित हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विदेशतिर ताक्नेहरूको यात्राको प्रक्रिया अगाडि बढ्नेछ। लगनशीलताले प्रतिष्ठित कार्य गर्ने अवसर दिलाउनेछ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। विवादित समस्याहरूबाट टाढा रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राजनीतिक क्षेत्रमा विश्वासपात्रहरूबाट धोखा मिल्ला। सामाजिक सञ्जालमा बोल्दा शब्द चयनमा ध्यान राख्नुहोस्। कार्यक्षेत्रमा योजना बनाएर कार्य गर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्यार्थी वर्गहरूको अध्ययन अध्यापनमा प्रगति हुनेछ। कानुनी समस्याहरू सुल्झिनेछन्। आफन्तहरूको मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। वित्तीय वा सहकारि संस्थाबाट लाभ मिल्ला। वाहन चलाउँदा सावधान रहनुहोस्। व्यावसायिक यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 11 =