सोचेअनुसारको काम गर्न सकेको छैन : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्री भइसकेपछि सोचेअनुसारको काम गर्न नसकेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मन्त्री बनेको ४/५ महिना भएको जस्तो आफूलाई लागे पनि ८ महिना पुगेको तर सोचेअनुसारका योजना अघि बढाउन नसकेको बताए ।

उनले आइटी, टेलिकम क्षेत्रलाई व्यवस्थित बनाएर जानुपर्ने आवश्यकता रहेको बताए । उनले शासकीय शैलीमा सुधार नगरी अघि बढ्न नसकिने बताए ।

उनले पुरानो शासकीय शैलीबाट अब अघि बढ्न नसक्ने जिकिर गरे । उनले अध्यादेशलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘मन्त्री बनेको आज ८ महिना भइसकेछ । बितेकै थाहा छैन । ४/५ महिना भयो होला जस्तो लागेको थियो । अस्ति पो ८ महिना पुगिसक्यो । असारको ३१ गते मन्त्री भएको भन्छन् । यो ८ महिनामा सिन्कै भाँच्न सकेको छैन त म भन्दिनँ । तर खोजेको परियोजना भएन । म आफैँले आफैँलाई रिभ्यु गर्दा । टेलिकम इण्डस्ट्री राम्रोसँग अघि बढाउनु पर्नेछ । आइटी इण्डस्ट्री पनि व्यवस्थित र राम्रो बनाउनुपर्छ ।’

मन्त्री गुरुङले जनताको सूचनाको हक प्रवर्धन, जनताको अभिव्यक्ति स्वतन्त्रता अभिवृद्धि गर्नेकुरामा कुनै सम्झौता नहुने बताए ।

उनले सामाजिक सञ्जालबाट हुने अपराधपूर्ण कामहरूलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =