‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधि सभामा पेश

काठमाडौं । ‘निजीकरण (पहिलो संशोधन विधेयक) २०८१’ प्रतिनिधि सभामा पेश गरिएको छ ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सभामा पेश गरेका हुन् ।

यसअधि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरुले विरोधको सूचना दिएका थिए । सो सूचना नियणार्थ पेश गर्दा बहुमतले अस्वीकृत भए ।

सरकारले ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१’ ल्याएको थियो । उक्त अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eight =