मुकुल ढकालको खुलासा- रवि दाइ, राजतन्त्र समातेर जाने लाइनमा हुनुहुन्थ्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महासचिव डा. मुकुल ढकालले सभापति रवि लामिछानेले पार्टी गठनअघि राजतन्त्रको समर्थन गर्ने सोच राखेको खुलासा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै ढकालले लामिछानेले पूर्वराजा ज्ञानेन्द्र शाहसँग राजतन्त्रको सम्भावनाबारे छलफल गरेको दाबी गरेका छन् । तर, पूर्वराजाबाट सकारात्मक संकेत नआएपछि अन्ततः गणतन्त्रलाई नै आधार बनाएर रास्वपा खोल्ने निर्णय भएको उनको भनाइ छ ।

ढकालका अनुसार पार्टी खोल्नुअघि लामिछाने र उनीबीच ‘राजतन्त्र वा गणतन्त्र’ कुन मार्ग अपनाउने भन्ने विषयमा गहिरो छलफल भएको थियो । सोही क्रममा लामिछाने झापासम्म गई पूर्वराजासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुराकानी गर्नसमेत पुगेको उनले बताएका छन् । ‘रवि दाइ राजतन्त्रलाई अँगालेर अघि बढ्ने सोचमा हुनुहुन्थ्यो । तर, मैले स्पष्ट रूपमा भनेँ- राजतन्त्र पुनःस्थापनाको निर्णय हाम्रो हातमा छैन, राजाले नै स्पष्ट धारणा राख्नुपर्छ,’ ढकालले लेखेका छन् ।

उनका अनुसार पूर्वराजासँग छलफलका क्रममा उनले राजाको निजी सम्पत्ति जनताको स्वामित्वमा ल्याउने, उक्त सम्पत्तिबाट प्रत्येक प्रदेशमा एक-एकवटा ठूला स्कुल र अस्पताल खोल्ने योजना अघि सारेका थिए । तर, पूर्वराजाले यस विषयमा सकारात्मक संकेत नदिएपछि लामिछानेले गणतन्त्रकै पक्षमा पार्टी गठन गर्ने निष्कर्ष निकालेको ढकाल बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =