चीनद्वारा सञ्चार प्रविधि परीक्षण उपग्रह प्रक्षेपण
२०८१ फागुन २६ गते

एजेन्सी । चीनले सोमवार बिहान दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको लागि नयाँ परीक्षण उपग्रह पठाएको छ ।
उपग्रहलाई बिहान १ः१७ बजे (बेइजिङ समय) लङ मार्च–३ बी रकेटद्वारा प्रक्षेपण गरिएको थियो । प्रक्षेपण केन्द्रकाअनुसार यो प्रक्षेपण सफलतापूर्वक योजनावद्ध कक्षामा प्रवेश गरेको छ ।
उपग्रह मुख्यतया बहु–ब्यान्ड र उच्च–गति सञ्चार प्रविधि प्रमाणीकरण गर्न प्रयोग गरिनेछ । यो प्रक्षेपण लङ मार्च वाहक रकेट श्रृङ्खलाको ५६२ औं मिसन थियो ।
२०८१ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








