सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण सम्भव छैन : उपाध्यक्ष शाक्य

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताएकी छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा एमाले अनेमसंघ केन्द्रिय कमिटीले ११५ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसर पारेर आयोजना गरेको जलवायु परिवर्तन, महिला अवसर र सम्भावना विषयक गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

उनले अहिले पनि सामन्ती अवशेषहरु अझै बाँकी रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताइन् । उनले सामन्ती अवशेष अन्त्य गर्न वैचारिक संघर्ष जरुरी रहेको बताइन् ।

अहिले जलवायु परिवर्तनको समस्या जटिल बनिरहेको बताइन् । जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरुले प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

उनले भनिन्– ‘सोचमा रुपान्तरित नभएसम्म हामीले समृद्ध नेपाल निर्माण गर्न सक्दैनौँ समानतायुक्त नेपाल निर्माण गर्न सक्दैनौँ । अहिले पनि नेकपा एमालेले स्पष्ट भनेको छ । पितृसत्ता छ । सामन्ती अवशेषहरु बाँकी रहेका छन् । सामन्ती व्यवस्था अन्त्य गरे पनि सामन्ती अवशेष बाँकी छ । त्यो कहाँ छ भन्दा हाम्रो नेतृत्वको दिमागमा छ । सामन्ती अवशेष अन्त्य गर्न, हटाउन वैचारिक संघर्ष जरुरी छ । सामन्ती अवशेष सहजै हट्दैन । अहिले जलवायु परिवर्तनको कुरा गरिरहँदा अत्यन्तै जटिलतापूर्ण छ । जलवायु परिवर्तनको मुद्दा राजनीतिक मुद्दा बन्नुपर्छ । जलवायु परिवर्तनले नेपाल पीडित हो । अब यो विषयलाई सामान्य छलफल गरेर पुग्दैन । अझै गहिराईका साथ छलफल गर्नुपर्छ । जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरुले प्राथमिकतामा राख्नुपर्छ ।’

उपाध्यक्ष शाक्यले आफूहरु संविधानमार्फत, सुशासन, समृद्ध नेपाल बनाउन लागिरहेको बताइन् । आफूहरुको एजेण्डा नै आर्थिक, सामाजिक, सांस्कृतिक एजेण्डा भएको दाबी गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − five =