पोखराबाट उडे पूर्वराजा शाह
२०८१ फागुन २५ गते

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा विमानस्थलबाट काठमाडौंका लागि उडेका छन् । उनी आइबार दिउँसो साढे तीन बजे समिट ऐयरको विमानमार्फत पोखराबाट काठमाडौंका लागि उडेका हुन् ।
केही बेरमा पूर्वराजा शाह काठमाडौं आइपुग्नेछन् । उनलाई पोखरा विमानस्थलमा पूर्वराजाको पञ्चेबाजा बजाएर बिदाई गरिएको थियो । पूर्वराजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी पक्षधर पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले स्वागत गर्नेछन् ।
साथै पूर्वराजालाई स्वागत गर्न हजारौंको संख्यामा राजावादी त्रिभुवन विमानस्थलमा उपस्थित भएका छन् ।
२०८१ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








