मसानघाटमा पुगेको राजतन्त्र फेरी कुर्लिन थाल्यो : सांसद राई (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरु कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले यस्तो बताएकी हुन् । उनले प्रतिगामी तत्त्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन् ।

उनले उनी मुलुकभर अनावश्यक नाराहरू गुञ्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘यतिबेला फेरि प्रतिगामी तत्त्वहरू कुर्लिंदैछन् । आज संविधानको उल्लङ्घन गर्न खोजिरहेका छन् । हामीले वर्षौ संघर्ष गरेर ल्याएका उपलब्धिहरू फेरि खोस्न चाहादैछन् । आज संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन् । आज हामीले संविधानबाट प्राप्त गरेका अधिकारहरू दिनदिनै कमजोर बन्दै गइरहेका छन् । हामीले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेको छ, त्यस कारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ । हरेक ठाउँमा अनावश्यक नाराहरू गुञ्जिरहेको छ । त्यसमा हामी सबै यसमा केन्द्रित हुनुपर्छ । हामीले प्राप्त गरेका उपलब्धिहरूको नगुमाउन सजग बनौं र संविधान कार्यान्वयनमा अघि बढौं ।’

उनले नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको उल्लेख गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =