फागुन २५ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग  
वि.सं. फागुन २५, २०८१ ई.सं. 09 Mar, 2025 शक संवत् १९४६ नेपाल संवत् ११४५ चिल्लाथ्व कालयुक्त उत्तरायण  शिशिर आइतबार फाल्गुण शुक्लपक्ष तिथि दशमी १०:४६ बजेसम्म, त्यसपछी एकादशी नक्षत्र पुनर्वशु ०२:२५ बजेसम्म, त्यसपछी तिष्य योग सौभाग्य १७:४४ बजेसम्म, त्यसपछी शोभन करण गर १०:४६ बजेसम्म, त्यसपछी वणिज २२:१८बजेसम्म, त्यसपछी भद्रा चन्द्रराशि मिथुन आनन्दादि योग ध्वज दिनमान ११:४६ सूर्योदय ६:२२ सूर्यास्त १८:०८ सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ। नयाँ कार्य थाल्नुभन्दा पनि पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन दिनेहरूले झुक्याउन सक्नेछन् मान्छे चिन्ने प्रयास गर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव रहन सक्ला। आय सामान्य रहनेछ। युवा वर्गहरूमा नयाँ प्रेम प्रसंग प्रारम्भ हुन सक्ला। संवैधानिक पदको जिम्मेवारी स्वयं राख्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक कारोबारमा प्रगतिका नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा अधिकारी हरुबाट प्रशंसा पाइएला। साहसिक निर्णय लिने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा जोश जागर बढ्नेछ। जीवनको प्राथमिकतालाई ध्यान राख्नुहोस्। मानसिक रूपले थकान महसुस हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ। विपरीत परिस्थितिमा बुद्धि र विवेकको प्रयोग गरेर निर्णय लिनुहोला। स्वास्थ्यमा ध्यान दिनुहोला। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साथीभाइहरूको सहयोगले हिम्मत दिलाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। स्वास्थ्य र वाहन चलाउँदा सावधान रहनुहोला। निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमाइलो जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। स्वास्थ्यमा खानपानको ध्यान राख्नुहोला। रचनात्मक कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा नयाँ कार्यको अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका काम बन्नेछन्। अध्ययन र सृजनात्मक क्षेत्रमा विकास हुनेछ। व्यापार व्यवसायमा आफन्तजनहरूको साथ र सहयोग मिल्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी कार्यमा प्रवृत्त भइनेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शुभचिन्तकहरुको सहयोग मिल्ला । आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ पाइनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। अधिकार स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मानसिक वा शारीरिक पक्ष मजबुत रहनेछ। पदस्थ व्यक्तिको साथ र सहयोग पाइनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस। नयाँ कार्यतर्फ अग्रसर भइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायमा परिजनहरूबाट सहयोग मिल्ला। स्वास्थ्यलाई लिएर ध्यान दिनुहोस्। सवारी साधनमा धन खर्चका योग छन्। छरछिमेकी सँगको वादविवाद सुल्झिनेछ। आजको शुभ रंग बैजनि हो भने शुभ ‌अंक ३ रहेको छ। –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =